images
images

आईपीओ निष्काशन गर्नका लागि २ कम्पनीले पाए बोर्डको अनुमति


  • 1.1K
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    आईपीओ निष्काशन गर्नका लागि २ कम्पनीले पाए बोर्डको अनुमति

    काठमाडौं । आईपीओ निष्काशन गर्नका लागि २ कम्पनील नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । मंगलबार आइएमई लाइफ इन्स्योरेन्स र अप्पर लोहरे हाइड्रोपावरले आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् । 


    आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

    त्यस्तै, अप्पर लोहरे हाइड्रोपावरले स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ताका आईपीओ निष्काशन गर्न लागेको छ । सो कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । 


    images
    images

    Logo