काठमाडौं । ग्लोवल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । मंगलबार ‘ग्लोवल आइएमई बैंक डिबेन्चर २०८४/८५’ सुचीकृत भएको हो । बैंकले गत माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रति कित्ता १ हजार रुपैयाँ दरमा ५० लाख कित्ता ऋणपत्र खुल्ला गरेको थियो ।
सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको थियो । बाँकी रहेको ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो । यस ऋणपत्रमा वार्षिक ब्याजदर ११.२५ प्रतिशत रहेको छ । सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो ।