काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीले निष्काशन गरेको एफपीओ जेठ २५ गते विहीबार विहान ९ बजे बाँडफाँट हुने भएको हो ।
एफपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट हुनेछ । यसमा १४ लाख ४ हजार ७ जनाले कुल १ करोड ६३ लाख ३ हजार २० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ३७ हजार ९ सय ४२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६६ हजार ६५ जनाको भने हात खाली हुनेछ ।
लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ जारी गरेको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।