काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डले दोस्रो चरणमा ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो ।
यसरी ब्रोकरको लाइसेन्स पाउने कम्पनीहरुमा एलिट स्टक हाउस लि।, इन्फिनिटी सेक्युरिटिज लिमिटेड,इन्डेक्स सेक्यूरिटिज लिमिटेड,शुभकामना सेक्यूरिटिज प्राइभेट लिमिटेड, मेघा स्टक मार्केट्स लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्राइभेट लिमिटेड, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्राइभेट लिमिटेड, माछापुच्छ्रे, सेक्युरिटिज लिमिटेड, के.वि. एल. सेक्यूरिटिज लिमिटेड, कलश स्टक मार्केट प्राइभेट लिमिटेड र नबिल सेक्युरिटिज लिमिटेड रहेका छन् ।
यस अघि बोर्डले पहिलो चरणमा मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ७ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको थियो । अहिलो दोस्रो चरणमा ११ कम्पनीले पनि आवश्यक पूर्वाधार पूरा गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको हो ।
बोर्डले ४३ ब्रोकर कम्पनीलाई आसय पत्र दिएको थियो । जसमध्येबाट आवश्यक पूर्वाधार तयार गरी निवेदन दिएका कम्पनीहरुले लाइसेन्स पाउन सफल भएका छन् ।



