images
images

रावा इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 588
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    रावा इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काडमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्बसाधारणका लागि जेठ १८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    कम्पनीले कुल ८ लाख ४० हजार कित्तामध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये १ लाख ९२ हजार ३ सय ३० कित्ता शेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको छ।

    कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ लाख ६ सय १६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo