काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । आइतबार हिमालयन एभरेष्ट इस्योरेन्सको २.७५ प्रतिशत बोनस बापतको ६ लाख १५ हजार ९ सय ३८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।