images
images

५३ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडको करोबार 


  • 664
    SHARES
  • २०८० जेठ २१ गते आइतबार

    ५३ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडको करोबार 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अंकले बढेर १ हजार ९ सय १९ दशमलव ३७ विन्दुमा उक्लिएको छ । साताको पयिहलो दिन आइतबार १२ सय ७० स्क्रिपको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको ४५ लाख ५७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    यस दिन सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३७ प्रतिशत बढेको छ। 

    यस दिन अर्थमन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचक बढेको हो। 

    आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ८ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन आइएमइ जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल र महुली लघुवित्तको शेयरमूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । 

     

     


    images
    images

    Logo