काठमाडौं । आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि विद्युत नियम आयोगले स्वीकृती दिएको छ । आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबरको नयाँ १.५ कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको हो ।
यस अनुसार कम्पनीले हाल कायम रहेको चुक्तापुँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनी सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले यस अघिको प्रस्तावलाई संशोधन गरी अब १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियाे । कम्पनीले आगामी बर्षको साधारणसभाबाट पारित भएपछि सो हकप्रद शेयर निष्काशन गर्नेछ ।