images
images

३८ अंकले घट्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सर्किट


  • 820
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    ३८ अंकले घट्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सर्किट

    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८३ अंकले घटेर १ हजार ८ सय ४९ दशमलव ७९ विन्दुमा पुगेको छ । आज २ सय ६२ स्क्रिपको २ अर्ब ३१ करोड रुपैयाँ बराबरको ८७ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज १६ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ३ कम्पनीको शेयर मूल्य घटेको छ । बुधबार पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। 

    आज सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड ६५ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

    नेप्से ओरालो लागेपनि यस दिन आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माई खोला हाइड्रोपावरको शेयरमूल्य ६.४३ प्रतिशत बढेको छ।

     


    images
    images

    Logo