काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ जारी गर्न लागेको हो ।
साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक शेयर ९४।०१ प्रतिशत र सर्वसाधारण शेयर ५।९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।
उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।



