काठमाडौं । यस साता ८ कम्पनीको १ करोड ३० लाख २४ हजार ९ सय ६१ कित्ता बोनस शेयर नेप्सेमा सचुीकृत भएको छ । ८ वटा कम्पनीको १ अर्ब ३० करोड २४ लाख ९६ हजार १ सय रुपैयाँ बराबरको बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यस सातामा सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस बापतको २५ लाख ६९ हजार २ सय २० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, सबैको लघुवित्त वित्तिय संस्थाको १८ प्रतिशत बोनस बापतको ४ लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनेस बोनस बापतको ८ लाख २९ हजार २६ दशमलव ५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यसैगरि, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस बापतको १३ लाख २६ हजार ६ सय १४ दशमलव ३६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ भने नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस बापतको १३ लाख २० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस बापतको ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस बापतको ८ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सचुीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।
| S.N | Name | Bonus | Listing |
| 1 | Shangrila Development Bank Limited | 8.534 | 2569220 |
| 2 | Sabaiko Laghubitta Bittiya Sanstha | 18 | 486000 |
| 3 | Infinity Laghubitta Bittiya Sanstha | 20 | 829026 |
| 4 | Laxmi Laghubitta Bittiya Sanstha | 15 | 576081 |
| 5 | NLG Insurance Company Limited | 10 | 1326614 |
| 6 | Nerude Laghubitta Bittiya Sanstha | 22 | 1320000 |
| 7 | Chhimek Laghubitta Bittiya Sanstha | 22 | 5113020 |
| 8 | United Modi Hydropower Limited | 7 | 805000 |
| Total | 13024961 |



