काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार देखि २ कम्पनीको शेयर कारोबार रोक्का गर्ने भएको छ । अजोड इस्योरेन्स र युनाइटेड इस्योरेन्स एक आपस मर्जर भएपछि जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले जेठ १४गतेदेखि कारोबार रोक्का हुने भएको हो ।
दुवै इस्योरेन्स मर्जर भएपछि जेठ १४ गतेदेखि युनाइटेड अजोड इस्योरेन्सको नामबाट एकीकृत कारोबार हुने भएको छ । नेप्सेले सोही क्रममा दुवै कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको इस्योरेन्सले जनाएको छ ।
यी दुबै कम्पनी बिच स्वाप रेसियो १००ः८२.५० अनुपातमा मर्जर हुने सहमति भएको छ । हाल युनाइटेडको चुक्ता पूँजी १ अर्ब २ करोड रहेको छ भने अजोडको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । यी दुबै कम्पनीले गत पुस २६ गते मर्जरका लागि सैद्धान्तिक सहमति गरेका थिए ।




