images
images

युनिक नेपाल लघुवित्तको एफपीओ आजदेखि


  • 649
    SHARES
  • २०८० जेठ ११ गते बिहीबार

    युनिक नेपाल लघुवित्तको एफपीओ आजदेखि

    काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ आदेखि निष्काशन हुने भएको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ जारी गर्न लागेको हो । 

    साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक शेयर ९४.०१ प्रतिशत र सर्वसाधारण शेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।

    यस्तो निष्काशन बन्द छिटोमा जेठ १६ गते हुनेछ भने ढिलोमा जेठ २५ गते हुनेछ । उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo