काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४९ अंकले बढेर १ हजार ९ सय ५२ दशमलव १२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ७० स्क्रिपको १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार २ अबृ २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने आज १ अर्ब ८७ करोडमा सिमित भएको छ । यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
आज १ सय ३१ कम्पनीको शेयर मूल्य बढेको छ । ८३ करोड रुपैयाँ बराबरको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेशनल लाइफको ७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ेनेमा आत्मनिर्भर लघुवित्त रहेको छ । युनिलिर्भर नेपालको ९.९६ प्रतिशतले बढेको छ ।



