काठमाडौं । नेप्सेमा २ कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख भएको छ । बुधबार नेप्सेले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र अजोड इन्स्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख गरेको हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको कुल ९८ लाख १६ हजार ८ सय ३२ कित्ता शेयर नेप्सेमा कायम रहेको छ । जसमध्ये साविक संस्थापक शेयर र साधारण शेयरको हिस्सा क्रमशः ५२ः३२ र ४६ः६८ रहेकोमा सो अनुपात परिवर्तित गरी संस्थापक शेयर र साधारण शेयरको हिस्सा क्रमशः ५१ र ४९ कायम हुने गरि अभिलेख गरिएको छ ।
त्यस्तै, अजोड इन्स्योरेन्सको कुल १ करोड कित्ता शेयर नेप्सेमा कायम रहेको छ । नियामक निकायहरुको नियमावलीमा संशोधन भएअनुसार कम्पनीको संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरको ४९ प्रतिशत हिस्सा शेयर कायम रहने गरी संस्थापक समूहको ५१ लाख र र सर्वसाधारणको ४९ लाख कित्ता शेयर स्वामित्व हुने गरि अभिलेख गरिएको छ ।



