images
images

५१ अंकले बढ्यो शेयर बजार, २०८० सालमा पहिलोपटक २ अर्बभन्दा बढीको कारोबार


  • 287
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    ५१ अंकले बढ्यो शेयर बजार, २०८० सालमा पहिलोपटक २ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अंकले बढेर १ हजार ९ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको छ । २ सय ७१ स्क्रिपको २ अर्ब २० लाख रुपैयाँ बराबरको ६० लाख ६७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    मंगलबार कारोबारमा आएको २ सय १९ कम्पनीको शेयर मूल्य बढेको छ । २ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यस दिनको कारोबार रकम करिब ३ महिना यताकै उच्च हो। यस अघि गत फागुन १४ गते साढे २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। बैंकिङ २१, विकास बैंक ८२, फाइनान्स ४९, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा ३६५, उत्पादन १८३, माइक्रोफाइनान्स १३७, निर्जीवन बीमा ३५५, व्यापार ८० र अन्य उपसमूह ३१ अंक बढेकाे छ ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको ७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय रहेका छन् । त्यस्तै, सामुदायिक लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ । रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । 


    images
    images

    Logo