काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वाबलम्ब लघुवित्तको परिवर्तित शेयर संरचना परिवर्तन भएको छ । साेमबार नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।
संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत संस्थाको हालसम्म सूचीकृत कुल शेयर एक करोड २९ लाख ४ हजार ९ सय ५५ कित्ता एवं साविक संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा क्रमश : ७० र ३० प्रतिशतको अनुपातमा कायम रहेकोमा संस्थापक र सर्वसाधारणको शेयर हिस्सा ६० प्रतिशत र ४० प्रतिशत अनुपातमा कायम गरिएको छ ।
त्यस्तै, संस्थापक र सर्वसाधारण समूहकाे हिस्सा ६० प्रतिशत र ४० प्रतिशतको अनुपातमा कायम हुनेगरी संस्थापक समूहको १२ लाख ९० हजार ४ सय ९६ कित्ता शेयर सर्वसाधारण समुहमा परिवर्तन भइ दोस्रो बजारमा कारोबार गर्न योग्य भएको जनाएको छ ।




