काडमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओ जेठ १८ गतेदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्बसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले कुल ८ लाख ४० हजार कित्तामध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये १ लाख ९२ हजार ३ सय ३० कित्ता शेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो।
कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ लाख ६ सय १६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा जेठ २२ गते हुनेछ भने ढिलोमा जेठ ३२ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।



