images
images

नेप्सेसँगै बढ्यो कारोबार रकम, परिसुचक १८८३.२० विन्दुमा 


  • 323
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    नेप्सेसँगै बढ्यो कारोबार रकम, परिसुचक १८८३.२० विन्दुमा 

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेर बन्द भएकाे छ । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८८ अंकले बढेर १ हजार ८ सय ८३ दशमलव २० विन्दुका पुगेको छ । आज कारोबारमा आएका २ सय ७३ स्क्रिपको १ अर्ब ६० करोड रुपैयाँ बराबरको ४८ लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।आज कारोबारमा आएका ९३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्यमा स्थिर छ । 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनकिो ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तारागाउँ रेजेन्सीको ४ करोडमाथि शेयर कारोबार भएको छ ।

    आइतबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्रिय बीमा कम्पनीको १० प्रतिशतले बढेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त ९.९९ प्रतिशतले बढेको छ । यस दिन सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo