काठमाडौं । यस साता ७ कम्पनीको १ करोड ४ लाख ६४ हजार कित्ता बोनस शेयर नेप्सेमा सचुीकृत भएको छ । दुई वाणिज्य बैंकसहित ७ वटा कम्पनीको १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ बराबरको बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यस सातामा नेपाल बैंकको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १ सय ८० कित्ता र कृषि विकास बैंकको २ प्रतिशत बोनस बापतको २६ लाख ३७ हजार ५ सय ८३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस बापतको ११ लाख १५ हजार ७ सय ३३ कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २५ प्रतिशत बोनस बापत २१ लाख ११ हजार १ सय २७ कित्ता बोनस शेयर नेप्सेमा सचुीकृत भएको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस बापतको २ लाख ४३ हजार ५ सय ६४ कित्ता, मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस वापतको १२ लाख २१ हजार ७ सय ७२ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस बापतको २ लाख ५३ हजार ५ सय ३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी साता कम्पनीको बोनस शेयर नेप्सेमा सचुीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।



