images
images

सानिमा रिलायन्स लाइफ इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत 


  • 544
    SHARES
  • २०८० जेठ ४ गते बिहीबार

    सानिमा रिलायन्स लाइफ इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इस्योरेन्स शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    साविकको सानिमा लाइफ इस्योरेन्स र रिलायन्स लाइफ इस्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अकिंत तथा चुक्ता मूल्य १ सय को दरमा ४ करोड १८ लाख ४० हजार कित्ता शेयर सानिमा रिलायन्स लाइफ इस्योरेन्सको नाममा सुचीकृत भएको हो । 

    उक्त दुई कम्पनीको मर्जर प्रयोजनको लागि रोक्का राखिएको उक्त शेयर फुकुवा भएको कम्पनीले जनाएको छ । उक्त कम्पनीको शेयर पहिलो कारोबारको लागि नेप्सेले ३ सय ९१ दशमलव ८८ रुपैयाँ ओपनिङ् रेञ्ज तोकिदिएको छ । 


    images
    images

    Logo