images
images

३२ अंकले बढ्यो शेयर बजार, २०८० सालमा पहिलोपटक १ अर्बभन्दा बढीको कारोबार


  • 306
    SHARES
  • २०८० जेठ ४ गते बिहीबार

    ३२ अंकले बढ्यो शेयर बजार, २०८० सालमा पहिलोपटक १ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) ३२.३० अंकले बढेर १ हजार ८ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको २ सय ६४ कम्पनीको १ अर्ब ४७ करोड रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। २०८० सालमा पहिलो पटक १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यसअघि यो बर्ष १ अर्ब मार्थिको शेयर कारोबार भएको थिएन् । २०७९ को अन्तिम कारोबार दिन अथात् चैत ३० गते १ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएको २ सय ४ कम्पनीको शेयर मूल्य बढेको छ । ११ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ३।७१ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त रहेका छन् । शिभ श्री हाइड्रोपावरको ८.१४ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo