images
images

नेप्सेसँगै कारोबार रकम पनि बढ्याे, परिसुचक १८४५.०१ विन्दुमा


  • 338
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    नेप्सेसँगै कारोबार रकम पनि बढ्याे, परिसुचक १८४५.०१ विन्दुमा

    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अंकले बढेर १ हजार ८ सय ४५ दशमलव ०१ अंकले बन्द भएको छ । 

    आज २ सय ६६ स्क्रिपको ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ।

    बुधबार १ सय ८७ कम्पनीको शेयर मूल्य बढेको छ । २५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्यमा स्थिर छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज आत्मनिर्भर लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ ।  यस दिन ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo