काठमाडौं । २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त रहेका छन् ।
बुधबार नेपाल बैंकको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २५ प्रतिशत बोनस बापतको २१ लाख ११ हजार १ सय २७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।