images
images

रु ८ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन, आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत 


  • 380
    SHARES
  • २०७८ आषाढ २६ गते शनिबार

    रु ८ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन, आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत 

    कञ्चनपुर । भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन् ।

    खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन । आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताए ।

    उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौ, उनले भने, उपभोक्ता समेत थपिदै जान्छन् ।


    images
    images

    Logo