images
images

घोराही सिमेन्टको आईपीओमा आवेदन दिने समय थपियो


  • 715
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    घोराही सिमेन्टको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि अब जेठ १७ गतेसम्म आवेदन खुला गरेको छ । 

    कम्पनीले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय  रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ लाख ९७ हजार १ सय ९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । 

    कम्पनीले शेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं। ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिदन सक्नेछन् 


    images
    images

    Logo