images
images

१६ अंकले घट्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 329
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    १६ अंकले घट्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अंकले घटेर १ हजार ८ सय २१ दशमलव ६४ विन्दुमा पुगेको छ । साताको पहिलो दिन कारोबारमा आएका २ सय ६३ स्क्रिपको ९० करोड ५ लाख रुपैयाँ बराबरको २७ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोबारमा आएको ४० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज लगानी कोषको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज कारोबारमा आएका १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त रहेको छ । नागरिक लगानी कोषको ३.८६ प्रतिशतले बढेको छ । मिथिला लघुवित्तको ३.८६ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo