काठमाडौं । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले सार्वसाधारणका लागि निष्काशन गरेको उक्त आईपीओ आज बिहान बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
सो आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले बाँडफँट गरिएको छ । गोलाप्रथा मार्फत बाँडफाँट गर्दा कुल ५ लाख ६१ हजार २ सय २६ आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले कुल ४३ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६ सय १० कित्ता शेयर थप गरी कुल ६४ लाख ९५ हजार ६ सय १० कित्ता आईपीओ जारी गरेको थियो। उक्त आईपीओ क्यापिटलले आइतबार बाँडफाँट गरेकाे हाे ।



