images
images

नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि 


  • 327
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    नेपाल रिपब्लिक  मिडियाको आईपीओ आजदेखि 

    काठमाडौं ।  नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

     

     

     

     


    images
    images

    Logo