images
images

आरबिबि म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन


  • 252
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    आरबिबि म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको बैशाख १७ गतेदेखि खुल्ला गरेको गरेको आरबिबि म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। 

    निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। 

    उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

     

     


    images
    images

    Logo