images
images

कस्तो रह्यो यो साताको सेयर बजार ? 


  • 271
    SHARES
  • २०८० बैशाख ३० गते शनिबार

    कस्तो रह्यो यो साताको सेयर बजार ? 

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से ३१.१४ अंक घटेर १ हजार ८ सय ३८ दशमलव ५९ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने एक कारोबार दिन उकालो लागेको थियो। 

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४२ अर्ब रुपैयाँ घटेर २६ खर्ब ८२ अर्बमा सीमित भएको छ। 

    यस साताको पहिलो दिन आइतबार १९.१२ अंकले घटेर १ हजार ८ सय ५० दशमलव ६१ विन्दुमा पुगेको थियो । सो दिन ६० करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, सोमबार १६.९२ अंकले घटेर १ हजार ८ सय ३३ दशमलव ६९ विन्दुमा पुगेको थियो । सो दिन ८१ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार शेयर बजार सामान्य अंकले बढेको थियो । सो दिन १०.६६ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ३६ विन्दुमा पुगेको थियो । सोही दिन ७१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार फेरी शेयर बजार ओरालो लागेको थियो । बुधबार २.४३ अंकले घटेर १ हजार ८ सय ४१ दशमलव ९३ विन्दुमा पुगेको थियो । 

    साताको अन्तिम दिन विहीबार ३.३३ अंकले १ हजार ८ सय ३८ दशमलव ५९ विन्दुमा पुगेको थियो । सो दिन ५३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार र विहीबारको यो कारोबार र कम विगत ७ महिनायताकै कम हो ।  

    यस साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। 

    कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.१६ प्रतिशत घटेको छ। यस साता ७ कम्पनीको ५७ लाख ९० हजार ३ सय ७६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा ६ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने एक कम्पनीको लिलामी शेयर सूचीकृत भएको हो। 

    यसरी सुचीकृत हुनेमा आर्दश लघुवित्त, गुराँस लाइफ इस्योरेन्स, ग्लोबल आइएमई लघुवित्त, ज्योति विकास बैंक, नेपाल ल्युव आयल आशा लघुवित्तको बोनस शेयर सुचीकृत भएको हो भने बेष्ट फाइनान्सको लिलामी शेयर सूचीकृत भएको हो। 

    भुकम्प नाकाबन्दीजस्तो समयमा अर्थतन्त्र निकै कमजोर हुँदा पनि शेयर बजारले नयाँ नयाँ रेकर्ड राख्दै गएका इतिहास थियो । कोभिड महामारीको समयमा झन् शेयर बजारले झण्डै ३२ सय अंकको ऐतिहासिक उचाइ भेट्न सफल भएको थियो ।

    अहिले निजी क्षेत्रसँग सरोकार राख्ने अर्थतन्त्रका मौद्रिक क्षेत्रमा सुधार त आएका छन् । तर, यसको प्रभाव बजारमा देखिन सकेको छैन । अहिले पनि बजारमा बक्यौता असुल हुन नसक्ने अवस्था कायमै छ ।


    images
    images

    Logo