काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकले नयाँ स्टक एक्सेचञ्जको लाइसेन्स वितरणको किृयामा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
यसबारेको निर्णय अर्थ मन्त्रालयमा आईसकेको र आज मन्त्रालयले नेपाल धितोपत्र बोर्डमा पत्र पठाउने बताईएको छ।
नयाँ स्टक एक्सचेञ्जको लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् ।