images
images

मोदी इनर्जीको आईपीओ बाँडफाँटकाे मिति तय


  • 390
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    मोदी इनर्जीको आईपीओ बाँडफाँटकाे मिति तय

    काठमाडौं । मोदी इनर्जीको आईपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ आगामी आइतबार बाँडफाँट गरिने भएको छ । 

    उक्त आईपीओ आइतबार बिहान बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने क्यापिटलले जनाएको छ ।  कम्पनीले कुल ४३ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६ सय १० कित्ता शेयर थप गरी कुल ६४ लाख ९५ हजार ६ सय १० कित्ता आईपीओ जारी गरेको थियो। उक्त आईपीओ क्यापिटलले आइतबार बाँडफाँट गर्ने भएको छ । 

    कम्पनीको आईपीओमा १२ लाख ८६ हजार ६ सय २३ आवेदकबाट १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख १२ हजार ९८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

     


    images
    images

    Logo