images
images

सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 333
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं ।  सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    होटलले कुल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशित शेयरमध्ये वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि  १ लाख ६७ हजार ४ सय कित्ता बाँडफाँट गरिसकेको छ । त्यस्तै ८३ हजार ७ सय कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९ सय ६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ताका लागि  सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo