images
images

सामान्य अङ्कले घट्यो शेयर बजार


  • 243
    SHARES
  • २०८० बैशाख २७ गते बुधबार

    सामान्य अङ्कले घट्यो शेयर बजार

    काठमाडौं । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४३ अङ्कले घटेर १ हजार ८ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो ।
        
     आज २ सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार ६ सय २६ कित्ता शेयर रकम ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३०.८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६.०३ अङ्कले बढेको छ । 

    त्यस्तै, वित्त समूह ३.२६ र जलविद्युत् समूह २.१२ अङ्कले बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १४.३९ अङ्कको गिरावट देखिएको छ । बैंकिङ समूह २.६३, विकास बैंक समूह ८.९०, लगानी समूह ०.२३ र जीवन बीमा समूह ९.२० अंकले घटेको छ । 

    त्यस्तै, म्युचुअल फन्ड ०.०६, व्यापार समूह ४.७४ र अन्य समूह १०.७८ अङ्कले घटेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिडेडको शेयर मूल्य सबैभन्दा धेरै ८.२४ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा एनसिसी डिभेन्चर २०८६ को शेयर मूल्य ७.२४ प्रतिशत छ । 

    कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको ३ करोड ५६ लाख १० हजार ८ सय ८७ रुपैयाँ बराबरको २ लाख १९ हजार ५ सय ५२ कित्ता शेयर किनबेच भएको छ ।


    images
    images

    Logo