images
images

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन, बाेनस शेयर घट्याे


  • 288
    SHARES
  • २०८० बैशाख २७ गते बुधबार

    जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन, बाेनस शेयर घट्याे

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश संशोधन गरेको छ । लघुवित्त संञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकले लाभा‌ंश घटाएकाे हाे । 

    नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    यस अघि लघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद गरी कुल ७५ प्रतिशत लाभाँश प्रस्ताब गरेको थियो ।

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

     


    images
    images

    Logo