images
images

ईङवा हाइड्रोपावर आईपीओ बाँडफाँट, कति जनाले पाए ११ कित्ता ?


  • 340
    SHARES
  • २०८० बैशाख २७ गते बुधबार

    ईङवा हाइड्रोपावर आईपीओ बाँडफाँट, कति जनाले पाए ११ कित्ता ?

    काठमाडौं । ईङवा हाइड्रोपावर आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिहान बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा बाँडफाँट गरिएको हो । 

    सो आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले बाँडफँट गरिएको छ । गोलाप्रथा मार्फत बाँडफाँट गर्दा कुल १ लाख २६ हजार ८ सय ६३ जनाले १० कित्ताका दरल आईपीओ पाएका छन् । जसमध्ये ९ जनाले थप १ कित्ता गरि ११ कित्ता शेयर पाएका छन् ।

    कम्पनीले वैशाख १३ देखि वैशाख १७ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्तासामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गरेको थियो 


    images
    images

    Logo