काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ७५ प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ सय ५१ रुपैयाँ १४ पैसा तोकिएको छ । सो कम्पनीको अन्तिम कारोबार १ सय ८९ रुपैयाँ ५ पैसामा भएको थियो ।
नेप्सेका अनुसार बुधबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ ।