काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । यसरी कारोबार रोक्का हुनेमा आइएमई जनरल इस्योरेन्स र प्रुडेन्सियल इस्योरेन्स रहेका छन् ।
यी दुई कम्पनी एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई बैशाख २७ गते अथात् भोलीदेखि आइजीआई प्रुडेन्सियल इस्योरेन्स नाममा कारोबार सुरु गर्न भएसँगै नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
२७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको हो ।
उक्त दुई कम्पनी १ः१ स्वाप रेसियामा मर्ज भई भोलिदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सकाे तर्फबाट बन्नेछन् ।



