काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ३६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको २ सय ६९ स्क्रिपको ७७ करोड ४७ लाख रुपैयाँ बराबरको २८ लाख ३६ हजार कित्ता शेयर कारोबार भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ८१ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबार र सोमबार शेयर बजार घटको थियो तर मंगलबार बढेको छ । कर्जाको ब्याजदर घट्ने भएपछि यस दिन बजारमा सुधार देखिएको हो। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ।
मंगलबार १ सय ६१ कम्पनीको शेयर कारोबार बढेको छ । ५० कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाभिमान लघुवित्तको ३ करोड ४७ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको २ करोडमाथि शेयर कारोबार भएको छ ।
आज पिपुल्स पावर कम्पनीको ६.४७ प्रतिशतले बढेको छ । कालिञ्चोक दर्शनको ४.६५ प्रतिशत, सिभिल लघुवित्तको ४.०५ प्रतिशत, युनिलिभर नेपालको ४.०४ प्रतिशत र आत्मनिर्भर लघुवित्तको ४.०३ प्रतिशतले बढेको छ ।



