काठमाडौं । नेपला स्टक एक्सचेञ्ज (नेप्से)ले ३ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । यसरी कारोबार रोक्का हुनेमा प्राइम लाइफ इस्योरेन्स, गुराँस लाइफ इस्योरेन्स र युनियन लाइफ इस्योरेन्सको रहेका छन् ।
यी तीन कम्पनी एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई बैशाख २६ गते अथात् भोलीदेखि हिमालयन लाइफ इस्योरेन्सको नाममा कारोबार सुरु भएसँगै नेप्सेले ३ नै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
२६ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको हो ।
उक्त तीन जीवन बीमा कम्पनी १ः१ः१ स्वाप रेसियामा मर्ज भई भोलिदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । मर्जपछि बन्ने हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ र अध्यक्ष दुवै युनियन लाइफको तर्फबाट बन्नेछन् ।



