images
images

यूनिटेक हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने


  • 318
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    यूनिटेक हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले कुल ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

    उक्त आईपीओ निष्काशत तथा विक्री प्रबन्धकका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।

    यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशतभन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।


    images
    images

    Logo