काठमाडौं । मंगलबार आइएम्ई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई वैशाख २७ गतेबाट एकिकृत कारोबार गर्न लागेकाले सोही प्रयोजनका लागि कम्पनीले वैशाख २६ गते अर्थात भोली कम्पनीको विधुतीय माध्यमबाट प्रदान गरिने सम्पुर्ण सेवा २ बजेदेखि बन्द रहने भएको हो ।
यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ ।