काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदैछ । सोमबार यूनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र लिवर्टी इनर्जी हाइड्रोले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेको कम्पनीमा यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले विशेष साधारणसभा गर्न लागेका हुन् भने लिवर्टी इनर्जी हाइड्रोले वार्षिक साधारणसभा गर्न लागेको हो ।
यूनाइटेड इन्स्योरेन्सले अनमोल भोज, शंखमुलमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सभाले अजोड इन्स्योरेन्ससँग मर्जरको लागि १००ः८२.५० को शेयर स्वैप अनुपातको अनुमोदन गर्नेछ ।
त्यस्तै, अजोड इन्स्योरेन्सको साधारणसभा डीईसीसी विश्व व्यापार केन्द्र, त्रिपुरेश्वरमा बिहान ११ बजे बस्ने भएको छ । सो कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जरको लागि १००ः८२.५० को शेयर स्वाप रेसियो अनुमोदन गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, लिवर्टी इनर्जीले अमृतभोग खानपान, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद जारी जारी गर्ने, सञ्चालकको निर्वाचन गर्ने,वित्तीय हाइलाइटहरू परित गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतका एजेण्डा राखेको छ ।



