काठमाडौं । सिटि होटलको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
होटलले कुल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशित शेयरमध्ये वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ६७ हजार ४ सय कित्ता बाँडफाँट गरिसकेको छ । त्यस्तै ८३ हजार ७ सय कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९ सय ६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा वैहाख २८ गते हुनेछ भने ढिलोमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।



