images
images

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय 


  • 1.3K
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय 

    काठमाडौं । ईङवा हाइड्रोपावरले आईपीओ बाँडफाँडको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बैशाख २७ गते बुधबार बाँडफाँड हुने भएको हो । बाँडफाँटको समय भने तय नभएको जनाइएको छ । 

    आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५९ हजार ९ सय १ कित्ताको लागि आवेदन परेको छ । जसमा १ लाख २६ हजार ८ सय ६३ जना आवेदकले आईपीओ पाउनेछन् भने बाँकी रहेका १ लाख ३३ हजार ३८ जनाको हातखाँली हुनेछ । 

    कम्पनीले बैशाख १३ गतेदेखि १७ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । हाइड्रोपावरले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ बाँडफाँड गरिसकेको छ । 

    कम्पनीले सर्वसाधारणका लागि कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ छुट्याएको थियो । जसमा स्थानीय बासिन्दाका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १ सय ६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरकाे थियाे । 

    कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

     


    images
    images

    Logo