images
images

शेयर बजारको सुधार टिकेन्, १९ अंकले घट्यो नेप्से 


  • 313
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    शेयर बजारको सुधार टिकेन्, १९ अंकले घट्यो नेप्से 

    काठमाडौं । शेयर बजारको सुधार एक दिन पनि टिक्न सकेन् । गत साताको अन्तिम दिन विहीबार सामान्य अंकले शेयर बजार बढेको थियो । तर आइतबार नेप्से घटेर बन्द भएको छ ।

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१२ अंकले घटेर १ हजार ८ सय ५० दशमलव ६१ विन्दुमा झरेको छ । आज नेप्सेसँगै काराेबार रकममा पनि गिरावट आएकाे छ । विहीबार ६६ कराेड ९१ लाख रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे थियाे ।  

    आज २ सय ६३ स्क्रिपको ६० करोड ८१ लाख रुपैयाँ बराबरको २० लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोबारम आएको २३ कम्पनीको शेयर मूल्य बढेको छ । १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मकर जितुमााको १ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशियाको १ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त ८.२२, इस्टर्न हाइड्रोपावर ७.६१, सनराइज ब्ल्यूचिप फण्ड ५.८७,राष्ट्र उत्थान लघुवित्त ३.७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य ३.४८ प्रतिशतले बढेको छ । यस्तै एनएमबी बैंकको ऋणपत्र ८.८३, मकर जीतुमाया सुरी हाइड्रोपावर ८.३१, घलेम्दी हाइड्रोपावर ५.८२, मन्दाकिनी हाइड्रोपावर ५.७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ । 

     


    images
    images

    Logo