images
images

मंगलबारदेखि ३ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का


  • 774
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    मंगलबारदेखि ३ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का

    काठमाडौं । नेप्सेले मंगलबारदेखि ३ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का राख्ने भएको छ । शेयर कारोबार रोक्का हुने कम्पनीहरुमा प्राइम लाइफ इँस्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको हो । 

    यी ३ वटै कम्पनी एक आपसमा मर्जरमा गई वैशाख २६ गतेदेखि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो । 

    २६ गतेदेखि ३ वटै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको कम्पनीेले जनाएको छ । 


    images
    images

    Logo