images
images

रावा इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 353
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    रावा इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि चैत २३ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि कुल २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको छ । जसमा खोटाङ्ग जिल्ला केपीलासगडी गा।पा। साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo