images
images

सातामा २० अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 343
    SHARES
  • २०८० बैशाख २३ गते शनिबार

    सातामा २० अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से २०.०३ अंक घटेर १ हजार ८ सय ६९ दशमलव ७३ विन्दुमा झरेको छ। यस साता ४ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से नकारात्मक रहेको थियो भने एक कारोबार दिन नेप्से सकारात्मक भएर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ५३ करोड रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २८ अर्ब घटेर २७ खर्ब २४ अर्बमा सीमित भएको छ। 

    साताको पहिलो दिन नेप्से सामान्य अंकले घटेको थियो । सो दिन १९.०९ अंकले घटेर १ हजार ८ सय ७० दशमलव ६६ विन्दुमा  पुगेको थियो । सो दिन ९० करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार मजदुर दिवस परेकोले सरकारले सार्वजनिक विदा दिएको थियो । सो कारणले सोमबार बजार बन्द थियो । 

    त्यस्तै,  तेस्रो दिन मंगलबार ४.२६ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ४० विन्दुमा झरेको छ । सो दिन ६७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार ९.४१ अंकले घटेर १ हजार ८ सय ५७ विन्दुमा पुगेको थियो । सो दिन ६१ करोड ६ लाख रुपैयाँ कारोबार भएको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार १२.७३ अंकले बढेर १ हजार ८ सय ६९ दशमलव ७३ विन्दुमा पुगेको थियो । सो दिन ६६ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै काराबोर रकम पनि बढेको थियो । 

    यस साता १३ उपसमूहको परिसूचकमध्ये निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ०.५७ प्रतिशत बढेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ।

    यस साता नेप्सेमा १ करोड ८ लाख २४ हजार ३ सय ९५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ३ हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने २ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

     


    images
    images

    Logo